सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : ओमानमा हुने पुरुष आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट प्रतियोगितामा नेपालले आफ्नो यात्रा कुवेतविरुद्धको खेलबाट सुरु गर्ने भएको छ।
आगामी अक्टोबर ८ देखि सुरु हुने छनोटका लागि सार्वजनिक तालिकाअनुसार नेपाल समूह–२ मा परेको छ, जहाँ उसँगै जापान र कुवेत छन्। समूह–१ मा यूएई, मलेसिया र कतार छन् भने समूह–३ मा आयोजक ओमानसँगै पपुवा न्यूगिनी (पीएनजी) र सामोआ प्रतिस्पर्धा गर्दैछन्।
नेपालले अक्टोबर ८ मा कुवेतविरुद्ध पहिलो खेल खेल्नेछ भने अक्टोबर १० मा जापानसँग भिड्नेछ। समूह चरणका खेलहरू अक्टोबर १० सम्म सम्पन्न हुनेछन्। त्यसपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म चल्नेछ।
सुपर सिक्सको शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
यस्तै, पूर्वी एसिया–प्यासिफिक क्षेत्रका महिला टोलीहरूको टी–२० विश्वकप यात्रा पनि सुरु हुन लागेको छ। फिजीको सुवा शहरमा सेप्टेम्बर ९ देखि १५ सम्म हुने महिला छनोटमा आयोजक फिजीसहित भानुआतु, पपुवा न्यूगिनी, इन्डोनेसिया, जापान, सामोआ, कुक आइल्यान्ड्स र फिलिपिन्स सहभागी हुनेछन्। दुई समूहमा बाँडिएका टोलीमध्ये विजेता टोलीले आगामी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ।
खेल तालिका:
अक्टोबर ८
ओमान भर्सेस सामोआ
यूएई भर्सेस कतार
नेपाल भर्सेस कुवेत
अक्टोबर ९
मलेसिया भर्सेस कतार
कुवेत भर्सेस जापान
पीएनजी भर्सेस सामोआ
अक्टोबर १०
यूएई भर्सेस मलेसिया
नेपाल भर्सेस जापान
ओमान भर्सेस पीएनजी