T10 T10

माेन्टी देशाई काठमाण्डु गाेर्खाजकाे प्रशिक्षक बन्दै

बिहीबार, असार २६, २०८२
Global

काठमाडौं :पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षक बन्ने पक्का जस्तै भएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि उनलाई टिमले फिर्ता बोलाउने तयारी गरिरहेको छ भने आधिकारिक घोषणा चाँडै हुने बताइएको छ।

हालै सार्वजनिक गरिएको ‘आयो गोर्खाली’ अडियो क्लिप मोन्टीकै स्वर भएको स्रोतहरूले बताएका छन्।

गोर्खाजले यो सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरिसकेको छ। एनपीएल मिनी अक्सन आगामी अगस्टमा हुने तालिका छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्