मेसीको दोहोरो गोलमा इन्टर मियामी विजयी

बिहीबार, असार २६, २०८२

काठमाडौँ :इन्टर मियामीले अमेरिकन मेजर लिग सकर (MLS) अन्तर्गतको खेलमा न्यू इङल्याण्ड रिभोलुसनलाई २-१ ले पराजित गरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेसीको दोहोरो गोल इन्टर मियामीको जितको आधार बन्यो। मेसीले खेलको २७औं र ३८औं मिनेटमा दुई गोल गर्दै टोलीलाई सशक्त अग्रता दिलाए।

त्यसपछि न्यू इङल्याण्डका लागि खेलको ८०औं मिनेटमा कार्लेस गिलले एक गोल फर्काए तापनि टोलीलाई बराबरीमा फर्काउन सकेनन्।

यो जितपछि इन्टर मियामीले तालिकामा आफ्नो स्थितिलाई अझ बलियो बनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्