सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि पहिलो चरणमा आवश्यक टावरहरू आइपुगेका छन्। भारतबाट ल्याइएका ती ३ वटा टावर रातिको समयमा काठमाडौं ल्याइएको हो।
फ्लडलाइट जडान जिम्मेवारी लिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहका अनुसार पहिलो लटमा ३ टावर आइसकेका छन् भने दोस्रो लटमा थप ३ टावर आउनेछन्। हाल ती टावरहरू मैदानको बाहिरी क्षेत्रमा सुरक्षित रूपमा राखिएका छन्।
साहले जानकारी दिएअनुसार टावरमा जडान गरिने लाइटहरू भने यूरोपबाट आउने छन्। तर ती लाइट कुन देशबाट आउने भन्ने अझै निश्चित भइसकेको छैन। "त्यो प्राविधिक प्रक्रियामा छ, परीक्षणपछि मात्र लाइट आइपुग्छ। अझै ३ देखि ४ हप्ता लाग्न सक्छ," उनले बताए।
फ्लडलाइट जडानका लागि आवश्यक आधार (बेस) संरचनाहरूको काम पूरा भइसकेको छ भने प्यारापिट क्षेत्रमा सिट जडानको काम भइरहेको छ।
मैदान स्तरोन्नति परियोजनाका प्रमुख चक्रवर्ती कण्ठले हालसम्मको प्रगतिबारे छिट्टै आधिकारिक रिपोर्ट सार्वजनिक गरिने जानकारी दिएका छन्।