Dosa Dosa

चेल्सी क्लब विश्वकपको फाइनलमा

बुधबार, असार २५, २०८२

काठमाडौं:चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मङ्गलबार राति सम्पन्न सेमिफाइनल खेलमा चेल्सीले ब्राजिलको फ्लुमिनेन्सेमाथि २–० को जित दर्ता गर्‍यो।

यो जितमा मुख्य भूमिका खेल्ने खेलाडी बनेका थिए हालै मात्र क्लबमा अनुबन्ध भएका जाओ पेड्रो। उनले दुवै गोल गर्दै चेल्सीलाई उपाधि नजिक पुर्‍याए। खेलको १८औँ मिनेटमा पेड्रोले पेड्रो नेभासको क्रस क्लियर गर्न फ्लुमिनेन्सेका डिफेन्डर थिएगो सिल्भा असफल भएपछि पहिलो गोल गरेका थिए। दोस्रो हाफको ५६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

अब चेल्सी उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्