सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२३ राष्ट्रिय फुटबल टोलीको दोस्रो चरणको छनोटमा सहभागी खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा बोलाइएका ८९ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने ५३ खेलाडीलाई दोस्रो चरणमा अगाडि बढाइएको हो।
दोस्रो चरणमा छनोटमा परेका सबै खेलाडीहरूलाई बुधबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आफ्ना खेल सामग्रीसहित उपस्थित हुन अनुरोध गरिएको छ।
हालै नविन न्यौपानेलाई यू–२३ टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको छ। प्रशिक्षक न्यौपानेको नेतृत्वमा अब छनोटमा रहेका युवा खेलाडीहरू आगामी प्रतियोगिता लक्षित तयारीमा जुट्नेछन्।
दोस्रो चरणमा छनोटमा परेका खेलाडीहरूको सूची:
🔹 गोलकिपर: जियारथ सेख, कृशल मोक्तान, अमीत तमाटा, बिशाल केसी, योगेश धिमाल, रोबिन बोगटी, अमर बी नेवार, बिबेक मगर
🔹 डिफेन्डर: सेमान्त थापा, अश्विन घोरासैनी, दिपक थापा, सबिन घिमिरे, आयुष तिमल्सिना, शंकर थारु, राम थापा, सुदीप केसी, बिबेक गुरुङ, अभिषेक वैबा, विक्रम तामाङ, बिशाल नेपाली, सेइसन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महारजन, निशानराज लवोट, लहान सुब्बा, नोर्बु लामा
🔹 मिडफिल्डर: कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, संजीव लामा, जन्मजय धामी, प्रशान्त लाक्षम, अभि स्याङ्तान, रोजल दाहाल, पेम्बा लामा, दीपेश गुरुङ, लक्षु थापा, सबिन लुङ्गेली, निरोज कार्की, बिज्ञान खड्का, आरोन थापा, दिकेश लामा
🔹 फरवार्ड: सुजन डंगोल, दिपेश चाम्लिङ, अनिल बोमजोन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी
एन्फाले छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ दोस्रो चरणको अभ्यास शिविर सञ्चालन गर्न लागेको हो। अब छिट्टै अन्तिम टिम घोषणा गरिने बताइएको छ।