Dosa Dosa

श्रीलंका र बंगालादेशबीचको अन्तिम एक दिवशीय आज

मंगलबार, असार २४, २०८२

काठमाडौँ :श्रीलंका र बंगालादेशबीचको तेस्रो तथा अन्तिम एक दिवशीय क्रिकेट आज हुँदैछ ।

पल्लाकेले स्टेडियमा नेपाली समय अनुसार २ः४५ बजे हुने खेल दुबै टोलीकालागि सनर्णायक मानिएको छ । तीन खेलको श्रृखंलामा दुबै टोलीले १–१ खेल जितेका छन् ।

आजको विजेताले श्रृखंला हात पार्नेछ । पहिलो खेल श्रीलंकाले ७७ रनले जितेको थियो । दोस्रो खेल बंगालादेश १६ रनले बिजयी भएको थियो ।

एक दिवशीय लगत्तै यी दुबै टोलीले टी–२० श्रृखंला खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्