Dosa Dosa

पोर्चुगलमा दोस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता हुने

सोमबार, असार २३, २०८२

पोर्चुगल :युरोपेली मुलुक पोर्चुगलमा 'दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता' आयोजना हुने भएको छ। प्रतियोगिता यही जुलाई १३ तारिखबाट लिस्बनस्थित भिटोरिया दी क्लबको मैदानमा सुरु हुने आयोजक धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले जनाएको छ।

युरोपभर छरिएका नेपाली क्लब तथा खेलाडीबीच खेलकुदको माध्यमबाट सम्बन्ध सुदृढ बनाउने र नेपाली खेलाडीलाई प्रोत्साहन दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले जानकारी दिए।

प्रतियोगितामा युरोपका विभिन्न देशबाट २० टोली सहभागी हुनेछन्। विजेता टोलीले उपाधिसहित ५ हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र हात पार्नेछ।

त्यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

धरान एफसी पोर्चुगलको नेतृत्वमा हुन लागेको यो प्रतियोगिता युरोपेली नेपाली समुदायबीचको एकता, सहकार्य र सद्भावको उत्कृष्ट उदाहरण बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्