सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) टी–१० क्रिकेट प्रतियोगिता आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा हुने भएको छ।
डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा ७ टिम सहभागी हुनेछन् र कुल २२ खेल सञ्चालन हुनेछ।
लिग सिंगल राउन्ड रोबिन ढाँचामा खेलाइनेछ। शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपाल स्ट्रिट प्रिमियर लिगका अध्यक्ष ज्ञानु सिंहका अनुसार प्रतियोगिताको विजेताले नगद रु २९ लाख र उपविजेताले रु ११ लाख पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितामा सहभागी हुन टिम खरिद प्रक्रिया र खेलाडीको अक्सनसमेत गरिनेछ।
प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले अभिनेता निखिल उप्रेतीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।