सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडोँ :दक्षिण अफ्रिकाका युवा ब्याट्सम्यान वियान मुल्डरले टेस्ट क्रिकेटमा नयाँ इतिहास रचेका छन् ।
बुलाबायोमा जारी जिम्बाबेविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन सोमबार उनले अविजित ३६७ रन बनाउँदै विश्व कीर्तिमान स्थापित गरेका हुन् ।
केशव महाराज अनुपस्थित हुँदा कप्तानको जिम्मेवारी पाएका मुल्डरको यो कप्तानका रूपमा पहिलो टेस्ट खेल हो । र, कप्तानको डेब्यूमै यस्तो अद्वितीय प्रदर्शन गरेका उनी क्रिकेट इतिहासमै अनौंठो उदाहरण बनेका छन् ।
३३४ बलको सामना गर्दै उनले ४९ चौका र ४ छक्का प्रहार गरे । उनका स्ट्रोकहरू आक्रामक मात्र होइन, व्यवस्थित र धैर्ययुक्त पनि देखिए । टेस्ट क्रिकेटमा उनले सीमित ओभरको शैली झल्काउने ढंगमा ब्याटिङ गरे ।
यो कीर्तिमानी प्रदर्शनका साथ मुल्डर कप्तानको रूपमा डेब्यू टेस्टमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले सन् १९६८ मा न्युजिल्याण्डका ग्राहम डाउलिङले भारतविरुद्ध बनाएको २३९ रनको कीर्तिमान तोडेका हुन् ।
मुल्डरको यो इनिङ न केवल व्यक्तिगत उपलब्धि हो, यो दक्षिण अफ्रिकी क्रिकेट इतिहासका लागि पनि स्वर्णाक्षरमा लेखिने सम्झना बन्नेछ।