T10 T10

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

सोमबार, असार २३, २०८२
Global

काठमाडौँ:नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, फिफा विन्डोअन्तर्गतका यी दुवै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन्।

नेपालले आगामी अक्टोबरमा हुने एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणमा भियतनामसँगको खेलको तयारीस्वरूप बंगलादेशसँग मैत्रीपूर्ण खेलको तयारी गरेको हो।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ, जसमा मलेसिया, लाओस र भियतनाम रहेका छन्।
नेपालले यस समूहमा हालसम्म मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको छ।

नेपाली टोलीले आगामी अक्टोबर ९ मा भियतनामसँगको मैदानमा प्रतिस्पर्धा गर्दै छनोटको यात्रा अगाडि बढाउनेछ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्