diwpawali diwpawali

मलेसियाबाट उपाधि लिएर फर्कियो यू-१६ नेपाली टोली

आइतबार, असार २२, २०८२

काठमाडौँ :एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो। कडा प्रतिस्पर्धाबीच नेपालले अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य भेट्टाउँदै ऐतिहासिक जित हासिल गरेको हो।

टोलि आज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किँदा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी तथा समर्थकहरूले भव्य स्वागत गरेका छन्। क्यानका सचिव पारस खड्काको नेतृत्वमा खेलाडीहरूलाई फूलमालासहित स्वागत गरिएको हो।

उपाधिसहित फर्किएको टोलीप्रति देशभरबाट बधाई र शुभकामनाको ओइरो लागेको छ। नेपाली यू-१६ टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले भविष्यमा राष्ट्रिय टिमका लागि सम्भावनावान खेलाडीहरू उत्पादन भइरहेको संकेत गरेको छ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्