Dosa Dosa

एकदिवसीय वरियतामा नेपाल १७औं स्थानममा यथावत

आइतबार, असार २२, २०८२

काठमाडौँःआइसिसी (ICC) ले सार्वजनिक गरेको पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले आफ्नो १७औं स्थान कायम राखेको छ।

आइतबार सार्वजनिक गरिएको र्‍याङ्किङ अनुसार, शीर्ष स्थानमा भारत यथावत् रहेको छ। दोस्रो स्थानमा न्युजिल्यान्ड, तेस्रोमा अस्ट्रेलिया र चौथो स्थानमा पाकिस्तान पुगेको छ। पाकिस्तानले एक स्थान उक्लिँदै श्रीलंकालाई पाँचौं स्थानमा धकेलेको हो।

छैठौंदेखि दशौं स्थानसम्म क्रमशः दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश, वेस्ट इन्डिज रहेका छन्। बंगलादेशले पनि एक स्थान सुधार गर्दै वेस्ट इन्डिजलाई पछि पारेको छ।

नेपाल भने पछिल्लो खेल प्रदर्शनका आधारमा १७औं स्थानमै यथास्थितिमा रहेको छ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्