Dosa Dosa

टेस्ट इतिहास रच्दै भारत विजयी, गिलले बनाए दोहोरो शतक

आइतबार, असार २२, २०८२

बर्मिंघम : भारतले दोस्रो टेस्ट म्याचमा इङ्ल्यान्डलाई ३३६ रनले पराजित गर्दै पाँच म्याचको टेस्ट सिरिजमा १–१ को बराबरीमा ल्याएको छ। बर्मिंघमको एजबेस्टन मैदानमा भारतले दिएको ६०८ रनको विशाल लक्ष्य पछ्याउँदै इङ्ल्यान्डको टोली २७१ रनमै समेटिएको थियो।

शुभमन गिलको कप्तानीमा ५८ वर्षपछि एजबेस्टनमा पहिलो जित
एजबेस्टन मैदान भारतका लागि दुर्भाग्यपूर्ण मानिँदै आएको थियो। सन् १९६७ मा पहिलो पटक यहाँ टेस्ट खेलेको भारतले ५८ वर्षसम्म जीतको स्वाद चाख्न सकेको थिएन। कपिल देव, एमएस धोनी, विराट कोहलीजस्ता पूर्व कप्तानहरूले पनि यो मैदानमा जित दिलाउन सकेका थिएनन्। तर शुभमन गिलको कप्तानीमा भारतले एतिहासिक जीत हात पार्दै पुरानो रेकर्ड तोडेको हो।

म्याचको सारांश
टस जितेर इङ्ल्यान्डले पहिले बलिङ गर्ने निर्णय गर्‍यो, जुन पछि विवादास्पद देखियो।

भारतले पहिलो पारीमा शुभमन गिलको २६९ रन, यशस्वी जायसवालको ८७ रन र रवीन्द्र जडेजाको ८९ रनको मद्दतले ५८७ रन बनायो।

जवाफमा इङ्ल्यान्डले हैरी ब्रुकको १५८ रन र जैमी स्मिथको १८४ रनका बाबजुद ४०७ रनमा समापन भयो।

भारतले पहिलो पारीमा १८० रनको अग्रता हासिल गर्‍यो।

दोस्रो पारीमा पनि गिल चम्किए — उनले १६१ रन थप्दै कुल ४३० रन बनाए। केएल राहुल (५५), ऋषभ पन्त (६५) र जडेजा (६९) ले अर्धशतक बनाए। भारतले दोस्रो पारी ४२७ रनमा घोषणा गर्‍यो।

अन्तिम इनिङमा इङ्ल्यान्डलाई ६०८ रनको लक्ष्य दिइयो।

इंग्ल्यान्डको संघर्ष असफल
चौथो पारीमा इङ्ल्यान्डको आधा टोली ८४ रनमै पेवेलियन फर्किइसकेको थियो। पाँचौँ दिन बेन स्टोक्स र जैमी स्मिथले केही प्रतिरोध गरे, तर भारतीय बलरहरूको अगाडि उनीहरू धेरै समय टिक्न सकेनन्।

मोहम्मद सिराज र आकाशदीपको धारिलो बलिङले इङ्ल्यान्डको इनिङलाई धराशायी बनाउँदै भारतलाई सहज जित दिलायो।

गिलको कीर्तिमान
शुभमन गिल एकै टेस्ट म्याचमा ४३० रन बनाउने विश्वका पाँचौँ खेलाडी बनेका छन्, जुन ऐतिहासिक उपलब्धि हो। उनको नेतृत्वले भारतको टेस्ट इतिहासमा एक नयाँ अध्याय थपेको छ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्