Dosa Dosa

नेपाली महिला फुटबल टोली आज स्वदेश फर्कदैँ

सोमबार, असार २३, २०८२

काठमाडौं :एएफसी महिला एसियन कप छनोटमा सहभागी भएर उज्बेकिस्तान पुगेको नेपाली महिला राष्ट्रिय फुटबल टिम आज (सोमबार) बिहान स्वदेश फर्किंदैछ।

नेपालले समूह 'एफ' अन्तर्गत तीन खेल खेलेको थियो। पहिलो दुई खेलमा शानदार जित निकाले पनि अन्तिम खेलमा हार बेहोर्दै नेपालको एसियन कपको यात्रा यहीँ टुंगिएको हो।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो।
तर अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग निर्धारित समय ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सोमबार बिहान ८ बजे नेपाली टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम छ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०५:३०
प्रतिक्रिया दिनुहोस्