सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु गरिएको छ।
रंगशालालाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने योजनाअनुसार यो काम चालु आर्थिक वर्षको फागुन महिनादेखि अघि बढाइएको हो।
निर्माण कार्यको पहिलो चरणमा मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाउने र आठ वटा फ्लडलाइट जडान गर्ने योजना छ।
निर्माणको जिम्मेवारी पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार सिटहरू पहेलो, सेतो, खैरो, हरियो, नीलो र सुन्तला गरी पाँच रंगका हुनेछन्।
प्यारापिट रंगशालाको पश्चिमतर्फ एक र पूर्वतर्फ दुई गरी कुल आठ खण्डमा विभाजित गरिएको छ। प्रत्येक खण्डमा ६५२ वटा कुर्सी राखिने योजना छ।
यसअघि रंगशाला वैशाख २४ भित्र निर्माण सक्ने भनिएको थियो। पछि समयसीमा असार मसान्तसम्म बढाइए पनि हालको प्रगति हेर्दा तोकिएको म्यादभित्र पनि काम नसकिने प्रष्ट भएको छ।
एनसेल र एनचिएल जस्ता संस्थाहरूको सहकार्यमा निर्माण अघि बढाइएको रंगशालाले निर्माण पूरा भएपछि अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्ने आधार तयार पार्ने अपेक्षा गरिएको छ।