सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ९ खेलाडीमा सीमित हुँदै पनि जर्मन पावरहाउस बायर्न म्युनिखविरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै फिफा क्लब विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ।
खेल सुरुदेखि नै तनावपूर्ण बनेको थियो। इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग फाइनलमा दुई गोल गरेका फर्ममा रहेका डिजायर डाउले ७८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।
तर त्यसपछि खेल झनै चर्कियो। पिएसजीका विलियम पाचो र लुकास हर्नान्डेजले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भयो। संख्यात्मक कमजोरीका बाबजुद, पिएसजीले खेलको इन्जुरी समयको छैटौं मिनेटमा ओसुमान डेम्बेलेको गोलमार्फत दोस्रो गोल थप्दै जित पक्का गर्यो।
पिएसजीले अहिले क्लब इतिहासकै पहिलो फिफा क्लब विश्वकप उपाधिको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण पाइला चालेको छ।