सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :घरेलु टोली उज्बेकिस्तानले एसियन कपमा स्थान बनाएको छ ।
पेनाल्टी सुटआउटमा नेपाललाई ४–२ ले हराउँदै उज्बेकिस्तानले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान सुरक्षित गरेको हो । पेनाल्टीमा कप्तान साबित्रा भण्डारी र अञ्जना रानामगर चुकिन् ।
साम्बाले प्रहार गरेको बल बारमा लागेर फर्किदा अञ्जनाको किपरले बचायो । त्यसअघि खेल खेल ३–३ को बराबरीमा पुगेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । ३–१ ले पछाडी परेको नेपालले दोस्रो हाफमा खेल ३–३ को बराबरीमा पुयाएको हो । १० खेलाडीमा समेटिएको उज्बेकिस्तानलाई नेपालले दुई मिनेटकोबीचमा लगातार थप दुई गोल फर्काएको हो ।
खेलको रोमाञ्चक उतारचढाव खेलको सुरुवातमै उज्बेकिस्तानले नेपालको रक्षापंक्तिमा दबाब बनायो। दोस्रो मिनेटमै पहिलो गोल गर्दै अग्रता लिएको उज्बेक टोलीले ११औं मिनेटमा अर्को गोल थप्दै स्कोर २–० बनायो। दोस्रो गोल उज्बेक कप्तानको प्रहार समीक्षा घिमिरेलाई लागेर डिफ्लेक्ट भएको थियो।
नेपालका लागि २४औं मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले पहिलो गोल फर्काउँदै आशा जगाइन्। तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले उज्बेकिस्तानका लागि तेस्रो गोल गर्दै अन्तर पुनः फराकिलो बनाइन्।
तर पहिलो हाफको इन्जुरी समयमा उज्बेक खेलाडी एन. एर्गासेभा दोहोरो पहेंलो कार्डसहित मैदानबाट बाहिरिएपछि नेपाललाई खेलमा फर्किने मौका मिल्यो।
सावित्राको ब्रिलियन्स तर दुर्भाग्य दोस्रो हाफमा नेपालले आक्रामक खेल प्रदर्शन गर्यो। सावित्रा भण्डारीले ७०औं र ७१औं मिनेटमा दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरिन् र स्कोर ३–३ मा ल्याइन्। बाँकी समय दुवै टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुग्यो।
टाइब्रेकरमा नेपालका लागि सावित्राको प्रहार बारमा लागेर बाहिरियो भने गोलरक्षक अन्जना रानामगरको प्रहार उज्बेक गोलरक्षकले बचाइन्। यसैबीच उज्बेकिस्तानले ४ सफल प्रहार गर्दै जित सुनिश्चित गर्यो।
नजिक पुगेर चुक्यो सपना नेपालले समूह चरणमा दुई खेल जित्दै सम्भावनाको ढोका खोले पनि निर्णायक क्षणमा भाग्यले साथ दिएन। सावित्राको ह्याट्रिक, उज्बेकिस्तानको रेड कार्ड र उत्कृष्ट लयबीच पनि टाइब्रेकरमा हार नेपालको लागि दुर्भाग्यपूर्ण मोड बन्यो।