Dosa Dosa
एसीसी महिला एसियन कप छनौट

पहिलो हाफमा नेपाल उज्बेकिस्तानसंग ३–१ ले पछाडी

शनिबार, असार २१, २०८२

काठमाडौँ :एसीसी महिला एसियन कप छनौट फुटबलमा अहिले नेपाल र उज्बेकिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।

उज्बेकिस्तानको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ३–१ ले पछि परेको छ । पहिलो मिनेटमै गोल खाएको नेपालले ११ औँ मिनेटमा दोस्रो गोल खाएपछि निकै दबाबमा परेको थियो ।

नेपाली डिफेन्सको तालमेल नमिल्दा डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाएकी थिइन् ।

११ औँ मिनेटमा ल्युडमिला कराचिकले गोल गर्दै अग्रता दोब्बर बनाईन् । खेलको २३ औँ मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले गोल गर्दै खेललाई २–१ अबस्था पुर्याईन् ।तर खेलको ३९ औँ मिनेटमा उज्बेकिस्तानकी माफ्तुना शोयमोभले पेनाल्टीमा गोल गर्दै खेल ३–१ को अबस्थामा पुर्याइन् ।

पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फाउल गरेपछि नोजिमाखोन इर्गासेबा दोहोरो पहेंलोको कार्ड पाउँदै मैदान बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा सिमित बनेको छ ।  आजको बिजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा पुग्ने छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्