Dosa Dosa

उज्बेकिस्तान विरुद्द साम्बाले गोल फर्काइन

शनिबार, असार २१, २०८२

काठमाडौँ :उज्बेकिस्तान विरुद्दको खेलमा नेपालले गोल फर्काएको छ ।

२–० ले पछि परेको नेपालकालागि कप्तान साबित्रा भण्डारीले गोल गर्दै २–१ को अबस्थामा पुर्याएकी छन् । पहिलोे मिनेटमै गोल खान पुगेको नेपालले ११ औँ मिनेटमा अर्को गोल खान पुग्यो ।

उसकालागि डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गरिन् । नेपाली डिफेन्सको तालमेल नमिल्दा उज्वेकिस्तानले सुरुवाती मिनेटमै गोल गर्दै नेपाललाई दबाबमा राखेको हो । दोस्रो गोल ल्युडमिला कराचिकले गरिन् । 
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्