Dosa Dosa

प्रिती राईलाई बाहिर राख्दै उज्बेकिस्तान विरुद्व सुरुवाती ११ सार्वजनिक

शनिबार, असार २१, २०८२

काठमाडौं :समूह ‘एफ’ अन्तर्गतको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको नेपाली महिला फुटबल टोलीले आजको खेलका लागि सुरुवाती ११ घोषणा गरेको छ। पछिल्लो खेलको तुलनामा एक परिवर्तन गरिएको छ — प्रीति राई बाहिरिएसँगै उनको स्थानमा डिफेन्डर पुजा राना आजको लाइनअपमा परेकी छन्।

गोलकिपरको जिम्मेवारी अञ्जना रानामगरले सम्हाल्नेछिन्। रक्षापंक्तिमा समीक्षा घिमिरे, पुजा राना, गीता राना र निशा थोकरले सुरक्षात्मक भूमिका खेल्नेछन्।

मध्यपंक्तिमा रेणुका नगरकोटी, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत उपस्थित रहनेछन्। आक्रमणमा भने सधैंझैं गोल स्कोरिङ जिम्मेवारी साबित्रा भण्डारी र रश्मी घिसिङको काँधमा रहनेछ।

श्रीलंकासँगको जितपछि आत्मविश्वास बढाएको नेपाली टोली आजको खेलमा सशक्त प्रदर्शन गर्ने लक्ष्यमा छ। उज्बेकिस्तानविरुद्धको यो भिडन्त नेपाली टोलीको छनोट अभियानको महत्वपूर्ण मोड हुनेछ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्