सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले रिटेन्सन सूची सार्वजनिक गरेको छ।
अघिल्लो सिजनका मार्की खेलाडी सन्दीप लामिछानेलाई निरन्तरता दिँदै टिमले कुल ६ खेलाडी रिटेन गरेको हो। रिटेन गरिएका खेलाडीहरूमा सन्दीप लामिछानेसँगै लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।
सन्दीप पहिलो संस्करणमा विराटनगरका कप्तान थिए। तर टिमको प्रदर्शन सन्तोषजनक रहेन। विराटनगरले सात खेलमध्ये दुई खेलमा मात्र जित निकाल्दै अङ्क तालिकामा आठ टिममध्ये सातौं स्थानमा सीमित रहनुपरेको थियो।
एनपीएलको नियमअनुसार, प्रत्येक टिमले एक मार्की खेलाडीसहित अधिकतम ६ खेलाडी रिटेन गर्न पाउने प्रावधान छ। योसँगै प्रतियोगितामा सहभागी सम्पूर्ण ८ टिमले आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्।