सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न नेपाललाई सिंगापुरले ११४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको एसडी युकेएम ओभल, बांगीमा टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुर ४०.५ ओभरमा ११४ रनमा अलआउट भयो । उसकालागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रनको योगदान गरे ।
कप्तान रियान नाइकले १५ ,वेदांश गुप्ताले १२ तथा आकाश तेजाले १० रन बनाए । आरभ अग्रवाल र युवान पाण्डेले समान ९–९ रन जोडे ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका शुसिल बहादुर रावल र अभय यादवले समान ३ विकेट लिए । शुभम खनालले २ तथा बिपीन शर्माले १ विकेट हात पारे ।