Dosa Dosa

नेपाल विरुद्द सिंगापुरले टस जितेर ब्याटिङ रोज्यो

शनिबार, असार २१, २०८२

काठमाडौँ :एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले सिंगापुरविरुद्द टस हारेको छ ।

मलेसियाको सेलेङ्गोर टर्फ क्लब मैदानमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा  अपराजित नेपाल लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ । सिंगापुर पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ । समुह चरणको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो ।

तेस्रो स्थानकालागि आजै मलेसिया र हङकङ भिड्दैछन् । हङकङले पनि टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्