Dosa Dosa

उपाधिकालागि आज नेपाल र सिंगापुर भिड्दै

शनिबार, असार २१, २०८२

काठमाडौँ :एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिकालागि आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ ।

मलेसियाको सेलेङ्गोर टर्फ क्लब मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रने छ । नेपाल घरेलु टोली मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो भने सिंगापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । तेस्रो स्थानकालागि आजै मलेसिया र हङकङ भिड्दैछन् ।

प्रतियोगितामा नेपाल एक मात्रै अपराजित टोली हो । नेपाल लगातार दाेस्राे पटक उपाधि जित्ने दाउमा छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०५:३०
प्रतिक्रिया दिनुहोस्