सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसिसी यु–१६ इस्ट जोन क्रिकेटको फाइनल पुग्न भइरहेको खेलमा नेपालले मलेसिया विरुद्द घातक बलिङ गरेको छ ।
२० ओभरको खेल सकिँदा मलेसियाले ४ विकेटको क्षतिमा ३० रन मात्रै बनाएको छ । सेलाङ्गोर टर्फ क्लब मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोली नेपालको कसिलो बलिङमा खुलेर खेल्न सकेका छैनन् ।
उसकालागि कप्तान डियाज प्याट्रोले सर्वाधिक १० रन बनाएपनि अन्य कुनैपनि ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । मलेसियाको ब्याटिङ लाईन ध्वस्त गर्ने क्रममा नेपालका अभय यादवले धातक बलिङ गरे । ७ ओभर बलिङ गरेका उनले १२ रन दिएर २ विकेट लिए ।