Dosa Dosa

मलेसियाविरुद्द टस जितेको नेपाल फिल्डिङमा 

बिहीबार, असार १९, २०८२

काठमाडौँ :मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा नेपालले घरेलु टोली विरुद्द टस जितेर फिल्डिङ गरिरहेको छ ।
सेलाङ्गोर टर्फ क्लब मैदानमा जारी खेलमा  नेपाली कप्तान विपिनप्रसाद शर्माले टस जित्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको हो ।  
नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने मलेसिया समूह ‘बी’को उपविजेता रहँदै सेमिफाइनलमा पुगेको टोली हो।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्