Dosa Dosa

नेपालले पाकिस्तान र बङगलादेशका ए टोलीसंग खेल्ने

मंगलबार, असार १७, २०८२

काठमाडौँ :नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान र बंगलादेशका ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज एक बिज्ञप्ती जारी गर्दै आगामी अगस्टमा अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा नेपालसंग खेल्ने जनाएको हो । यस प्रतियोगितामा नेपालसहित पाकिस्तान शाहिन्स, बंगलादेश ‘ए’ टोली र अन्य ८ टोली गरी जम्मा ११ टोलीको सहभागिता जनाउनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज पुष्टि गरेअनुसार पाकिस्तान शाहिन्सले तेस्रो वर्ष लगातार यस प्रतियोगितामा भाग लिँदैछ । उद्घाटन खेलमा पाकिस्तान शाहिन्सले अगस्ट १४ मा बंगलादेश ‘ए’ टोलीसँग डार्विनको स्टेडियम मा प्रतिस्पर्धा गर्नेछ। यस सिरिजमा जम्मा ३६ वटा टी–२० खेलहरू खेलिने छन् । एरेना, त्क्ष्इ स्टेडियम, गार्डेन्स ओभल, काजालीज एरेना र फ्रेड्स पास लगायत पाँच भेन्युहरूमा हुनेछ ।

“टप इन्ड टी–२० सिरिज इमर्जिङ खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सिकाइ र अनुभव दिलाउने उत्कृष्ट माध्यम बन्ने पीसीबीका प्रमुख कार्यकारी अधिकृत सुमैर अहमद सैयदले बताए ।

यो सिरिजले हाम्रो प्रतिभाशाली युवा खेलाडीहरूलाई भविष्यको लागि तयार बनाइरहेको उनको भनाई थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्