सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यसअघि समूह चरणमा अपराजित रहँदै तीनै खेल जितिसकेको नेपाली टोली सेमिफाइनलमा पुगिसकेको छ। आजको खेलमा नेपाल समूह ‘ए’को विजेताका रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्न चाहन्छ।
नेपालले यसअघि सिङ्गापुरलाई ६ विकेट, जापानलाई ९ विकेट तथा इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले हराएको थियो।
नेपाल र सिङ्गापुर समूह ‘ए’बाट सेमिफाइनलमा पुगिसकेका छन् भने समूह ‘बी’बाट आयोजक मलेसिया र हङकङले अन्तिम चारमा स्थान बनाइसकेका छन्।
प्रतियोगितामा दुई समूहमा विभाजित १० टोली सहभागी छन्। सेमिफाइनलका खेलहरू बिहीबार सुरु हुनेछन् भने उपाधि भिडन्त असार २१ गते शनिबार हुनेछ।