T10 T10

अजहर महमूद पाकिस्तान टेस्ट क्रिकेटको प्रशिक्षकमा नियुक्त

सोमबार, असार १६, २०८२
Global

इस्लामाबाद :पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पूर्वअलराउण्डर अजहर महमूदलाई पाकिस्तान पुरुष टोलीको टेस्ट क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
पीसीबीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महमूदलाई हालको सम्झौता सकिएसम्मको लागि टेस्ट टोलीको प्रशिक्षक बनाइएको जनाएको हो।
गत दुई वर्षको अवधिमा छ वटा फरक प्रशिक्षकहरूलाई परिक्षण गर्दा पनि पाकिस्तान टोलीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सन्तोषजनक नतिजा दिन नसकेपछि, बोर्डले यस वर्षको अप्रिलमा पुनः प्रशिक्षक पदका लागि विज्ञापन खोलेको थियो।

अन्तिम अन्तरिम प्रशिक्षक आकिÞब जावेदले टेस्ट र टी–२० दुवै फम्र्याटमा प्रशिक्षक र चयनकर्ताको दोहोरो भूमिका सम्हालेका थिए। तर, सन् २०२५ को फेब्रुअरी–मार्चमा सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफीपछि उनले पद छाडेका थिए।
प्रेस विज्ञप्तिअनुसार, अनुभवी क्रिकेट मस्तिष्क भएका अजहर महमूद यसअघि पनि राष्ट्रिय टोलीका सहायक प्रशिक्षकको भूमिकामा रहँदै टिमको रणनीतिक नेतृत्वमा योगदान दिइसकेका छन् ।

“उनको खेलप्रतिको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव, र इङ्ल्याण्डको काउन्टी क्रिकेटमा देखिएको सफलता उनलाई यो भूमिकाको लागि अत्यन्त उपयुक्त बनाउँछ,” पीसीबीले भनेको छ । महमूदले दुई पटक काउन्टी च्याम्पियनसिप जितेका छन्, जसले उनको नेतृत्व क्षमता, रणनीति निर्माणमा निपुणता र उत्कृष्टता प्रतिको प्रतिबद्धता प्रमाणित गर्छ ।

पछिल्लोपटक उनले सन् २०२४ अप्रिलमा न्यूजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० शृंखलामा पाकिस्तान टिमको मुख्य प्रशिक्षकको भूमिका सम्हालेका थिए।
पीसीबीले महमूदको नेतृत्वमा टेस्ट टोलीम अझ सशक्त, अनुशासित र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली बन्ने विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्