dosa dosa

नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

आइतबार, असार १५, २०८२

काठमाडौँ :एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले  इन्डोनेसियासामु जितकालागि ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनायो । नेपालकालागि प्रशिद्द जैशीले बिस्फोटक ब्याटिङ गर्दै १३२ रनको शतकिय पारी खेले । ११४ बल खेलेका उनले १५ चौका र एक छक्का प्रहार गरे ।

अन्य तीन खेलाडीले पनि बिस्फोटक ब्याटिङ गर्दै अर्धशत प्रहारगरे । रौनक श्रीवास्तवले ८८ , विकेट किपर परिमार्जन यादवले ७१ तथा जोय थापाले ५७ रनको योगदान गरे । सुगम बुढाथोकीले ३९ रन बनाए । नेपालले बनाएको यो रन अहिले सम्मकै सर्वाधिक रन पनि हो । सिनियर टोलीले पनि अहिले सम्म यति धेरे रन बनाउन सकेको छैन । 

नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ ।  प्रतियोगितामा हालसम्म खेलेका दुवै खेलमा नेपालले शत प्रतिशत जित निकालेको छ ।

आजको खेल जितेमा नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले  भुटानविरुद्ध खेल्नेछ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्