dosa dosa

इन्डोनेसियाविरुद्द नेपाल ब्याटिङमा

आइतबार, असार १५, २०८२

काठमाडौं :मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा अहिले नेपालले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गरीरहेकाे छ । 

क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा जारी खेलमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ । 

नेपाल अपराजित यात्रा जारी राख्ने लक्ष्यमा
नेपालले प्रतियोगितामा हालसम्म खेलेका दुवै खेल जितेको छ।

पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले पराजित गरेको थियो।

दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।

समूहको स्थिति
समूह ‘ए’ मा हालसम्म सिंगापुर शीर्ष स्थानमा रहेको छ। उसले ४ खेल खेल्दै ३ जितका साथ ६ अंक जोडेको छ।

नेपालले भने २ खेल खेलेर ४ अंक बनाएको छ र दोस्रो स्थानमा छ।

नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान रहेका छन्।
नेपालले आज इन्डोनेसियासँग खेल खेलेपछि समूह चरणको अन्तिम खेल भुटानविरुद्ध खेल्नेछ।

१० राष्ट्रको सहभागिता
यस प्रतियोगितामा पूर्व क्षेत्रका १० देश सहभागी छन्। प्रतियोगिता एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत आयोजना गरिएको हो।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्