dosa dosa

१९ वर्षे लुआन ड्री प्रिटोरियसले तोडे ६१ वर्ष पुरानो कीर्तिमान

आइतबार, असार १५, २०८२

काठमाडौँ:दक्षिण अफ्रिकाका १९ वर्षीय युवा ब्याट्सम्यान लुआन ड्री प्रिटोरियसले टेस्ट डेब्युमै इतिहास रचेका छन्। उनले आफ्नो पहिलो टेस्ट खेलमै शानदार शतक प्रहार गर्दै ६१ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।

१६० बलमा १५३ रन

प्रिटोरियसले टि-२० शैलीमा ब्याटिङ गर्दै १६० बलमा १५३ रन बनाए। यो क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे। उनको स्ट्राइक रेट करिब ९६ रह्यो, जुन टेस्ट क्रिकेटका लागि निकै आक्रामक मानिन्छ।

सबैभन्दा कान्छा शतकवीर

उनले १९ वर्ष ९३ दिनको उमेरमा टेस्ट शतक प्रहार गरेर दक्षिण अफ्रिकाका लागि सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडी बने। यसअघि यो कीर्तिमान ग्रेम पोलकको नाममा थियो, जसले १९६४ मा १९ वर्ष ३१७ दिनको उमेरमा अष्ट्रेलियाविरुद्ध शतक बनाएका थिए।

डेब्युमै सबैभन्दा छिटो शतक

यसका साथै प्रिटोरियसले टेस्ट डेब्युमा सबैभन्दा छिटो शतक बनाउने दक्षिण अफ्रिकी खेलाडीको कीर्तिमान पनि बनाएका छन्। उनले मात्र ११२ बलमा शतक पूरा गरे।

यसअघि यो कीर्तिमान स्टिन वान जिलको नाममा थियो, जसले २०१४ मा वेस्ट इन्डिजविरुद्ध १२९ बलमा शतक बनाएका थिए।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्