सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :मलेसियामा जारी एशिया क्रिकेट परिषद् (एसीसी) मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल आज इन्डोनेसियाको सामना गर्दैछ।
समूह ए अन्तर्गतको खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा विहान पौने ८ बजेदेखि सुरु हुनेछ।
नेपालले प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेर दुवैमा जित हात पारेको छ। पहिलो खेलमा नेपालले सिंगापुरलाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो।
समूह ए मा नेपाल, सिंगापुर, इन्डोनेसिया, जापान र भुटान गरी पाँच टोली रहेका छन्। यस समूहमा सिंगापुरले चार खेलबाट तीन जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल दुई खेलमा ४ अंक सहित दोस्रो स्थानमा छ।
नेपालले आगामी खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ।