सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को दोस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।
शनिबार आफ्नो सामाजिक सञ्जालमार्फत काठमाडौंले कप्तान करण केसीसहित ६ खेलाडीलाई टोलीमा कायम राखेको जानकारी गराएको हो।
रिटेन गरिएका खेलाडीहरूमा करण केसी (मार्की खेलाडी), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खान रहेका छन्।
यसअघि सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पनि आफ्नो रिटेन खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।
एनपिएल २०२५ का लागि मिनी अक्सन आगामी अगस्टमा हुने तय छ।
करण केसी कप्तानमै कायम, काठमाडौंले ६ खेलाडीलाई राख्यो भरोसा!
एनपिएल २०२५ का लागि काठमाडौं गोर्खाजले आफ्नो पुराना भरोसायोग्य खेलाडीहरूमाथि फेरि विश्वास देखाएको छ। शनिबार सार्वजनिक सूची अनुसार, टोलीले कप्तान करण केसीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीको नेतृत्व सम्हाल्न दिने भएको छ।
साथै, भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खान पनि टोलीमै रहेका छन्।
एनपिएलको दोस्रो संस्करणलाई लिएर तयारी तिब्र बनिरहेका बेला चितवन, सुदूरपश्चिम र लुम्बिनीले पनि आ–आफ्ना रिटेन खेलाडी घोषणा गरिसकेका छन्।
अब सबैतिरको ध्यान अगस्टमा हुने मिनी अक्सनतिर छ ,नयाँ अनुहार आउँछन् या पुराना तारा फेरि चम्किनेछन्?