सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपाली क्रिकेटरहरूले प्रभावशाली प्रगति गरेका छन्।
बलिङ वरियतामा सन्दीप र ललितको छलाङ लेगस्पिनर सन्दीप लामिछानेले टी–२०आई वरियतामा ४१ स्थानको छलाङ गर्दै अहिले ७५औं स्थानमा पुगेका छन्। स्कटल्याण्डविरुद्धको शृंखलामा उनले ४ खेलमा ११ विकेट लिँदै शानदार प्रदर्शन गरेका थिए।
बाँयाहाते स्पिनर ललित राजवंशीले पनि उचाइ छोएका छन्। उनले २९ स्थान सुधार गर्दै अब ५४औं स्थानमा पुगेका छन्। सोही शृंखलामा उनले ४ विकेट लिएका थिए।
अलराउण्डर र ब्याटिङमा ऐरी र भुर्तेलको चमक अलराउण्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन्। ब्याट्सम्यान कुशल भुर्तेलले भने ६ स्थान सुधार गर्दै अब ३२औं स्थानमा छन्। ब्याटिङ वरियतामा पनि उनले १० स्थान सुधार गर्दै ८३औं स्थानमा आफ्नो नाम लेखाएका छन्।
एकदिवसीय वरियतामा पनि प्रगति टी–२० वरियतामा नेपाली टोली १८औं स्थानमा यथावत् छ भने एकदिवसीय वरियतामा १७औं स्थानमा कायम छ। एकदिवसीय बलिङ वरियतामा ललित राजवंशी ५ स्थान सुधार गर्दै ४८औं स्थानमा, भने सन्दीप लामिछाने १ स्थान उक्लिएर ५४औं स्थानमा पुगेका छन्।