सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको जागिर छाडेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले केही समयअघि पेश गरेको राजीनामा हालै स्वीकृत भएको हो। प्रहरी सहायक हवल्दारको रूपमा कार्यरत ऐरीले ‘घरायसी कारण’ देखाउँदै राजीनामा दिएका थिए।
क्रिकेटमा उच्च योगदान दिइरहेका ऐरीको राजीनामा पछि अब उनी पूर्ण रूपमा खेलकुदमै समर्पित हुने संकेत मिलेको छ।
नेपालका लागि उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्यका रूपमा पहिचान बनाएका छन्।