सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
आइसिसी विश्वकप लिग २ र त्यसपछिका टी–२० सिरिज खेलेपछि करिब ४० दिनको युरोप भ्रमण सकाएर नेपाली टोली आज साँझ स्वदेश फर्किएको हो । त्रिभुन बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै कप्तान रोहित पौडेलले नेपालको समग्र खेल सोचेजस्तै भएको बताएका छन् ।
१० दिन अघिबाट नै गरेको अभ्यासले पनि नेपाली टोलीलाई थप सहज बनाएको उनको भनाई छ । नयाँ प्रशिक्षक स्टुअर्ट ल नेपाली क्रिकेटटोली प्रति निकै सकारात्मक रहेको बताउँदै उनले प्रशिक्षकले खोजेको परिवर्तन तत्काल आउन नसक्ने बताए ।
लिग टु का ४ मध्ये ३ खेलमा जित हात पारेको नेपालले स्कटल्याण्डमै भएको टी–२० सिरिजमा भने दोस्रो भएको थियो । निर्णायक खेलमा पराजित हुँदा नेपाल उपविजेतामा सिमित बनेको हो ।
टि–२० विश्वकपको तयारीका लागि नेपाल अब भारत, अस्ट्रेलिया र श्रीलंका भ्रमणमा जानेछ ।