क्यानाडा टी–२० विश्वकपमा छनौट

आइतबार, असार ८, २०८२

काठमाडौँ : सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकप क्रिकेटका लागि क्यानडाले स्थान सुरक्षित गरेको छ। अमेरिका क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली क्यानडाले पाँचै खेलमा जित हात पार्दै लगातार दोस्रोपटक विश्वकप खेल्ने अवसर प्राप्त गरेको हो।

विश्वकपका लागि हालसम्म १२ टोली सिधै छनोट भइसकेका छन्। आयोजक भारत र श्रीलंकासँगै अमेरिका, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान तथा सन् २०२४ को संस्करणको सुपर–८ मा पुगेका टोलीहरू स्वतः छनोट भएका हुन्।

अब बाँकी रहेका ८ स्थानमध्ये क्यानडाले एक स्थान सुरक्षित गरिसकेको छ भने बाँकी ७ स्थान एसिया, युरोप र अफ्रिका क्षेत्रीय छनोटमार्फत टुंगो लाग्नेछ।

  • अफ्रिका छनोट: सेप्टेम्बरमा जिम्बावेमा
  • युरोप छनोट: जुलाईमा नेदरल्यान्ड्समा
  • एसिया छनोट: अक्टोबरमा ओमानमा

नेपालले एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटमा प्रतिस्पर्धा गर्नेछ। यस चरणमा नेपालसहित ९ टोली छन्:
नेपाल, ओमान, जापान, यूएई, पपुवा न्युगिनी, मलेसिया, कतार, सामाओ र कुवेत।

यी ९ टोलीमध्ये तीन टोलीले मात्र विश्वकपमा स्थान सुरक्षित गर्न पाउनेछन्, जसका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्