सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:एसीसी मिन्स यू–१६ इस्ट जोन कप २०२५ भोलीबाट मेलेसियामा सुरु हुँदैछ ।
एसियाली क्रिकेट परिषद (एसीसी ) को आयोजनामा हुने पुरुष यू–१६ इस्ट जोन भोली जुन २२ देखि जुलाई ५ सम्म मलेसियाको विभिन्न मैदानहरूमा आयोजनामा सञ्चालन हुनेछ । पूर्वी एसियाका १० राष्ट्र सहभागी हुने टोलीलार्ई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए'मा नेपालसंगै सिंगापुर,इन्डोनेसिया,भुटान र जापान रहेका छन् । यस्तै समुह 'बी' मा मलेसिया हङकङ, चीन,थाइल्याण्ड,माल्दिभ्स र म्यानमार रहेका छन् । प्रतियोगिता अन्तर्गत भोली नेपालले सिंगापुर विरुद्द खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।
भोली नै भुटान र जापान तथा मलेसिया र हङकङ, चीनबीच प्रतिस्पर्धा हुनेछ ।