सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्याण्डमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
शुक्रवारराती भएको खेलमा ३४ रनले पराजित हुँदै नेपालले घरेलुटोलीलाई उपाधि सुम्पिएको हो । जितकालागि १९४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १५९ रनमा अलआउट हुन पुग्यो । नेपालकालागि रुपेश सिंले अवीजीत सर्वाधिक ४३ रनको योगदान गरे । २२ बल खेलेका उनले १ चाैका र ३ छक्का प्रहार गरे ।
दीपेन्द्र सिं ऐरीले ३४ तथा कप्तान रोहित पौडेलले २७ तथा आशिफ शेखले १४,भीम सार्कीले १२ रन बनाए । लोकश बम र रिजन ढकालले समान ५ तथा कुशल भुर्तेल ४ रनमा पवेलियन फर्किए । ललित राजवशीले १ रन बनाउदा सन्दीप लामीछानेले खाता नै खाेल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बलिङ तर्फ क्रिस ग्रीभ्सले ह्याट्रिक विकेट लिए ।
त्यसकालागि ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो । उसकालागि जर्ज मुन्सेले सर्वाधिक ७८ रनको योगदान गरे ।
ब्रान्डन म्याकुलमले ४२ तथा माईकल लीस्कले २६ रन जोडे ।बलिङतर्फ कुशल भुर्तेलले २ विकेट लिए । रुपेश सिं,सन्दीप लामीछाने र ललित राजवंशीले एक विकेट लिए । हारसंगै नेपालको उपाधि जित्ने सपना चकनाचुर भएको छ ।
नेपालको हार पछि यस्तो बन्यो अंक तालिका