dosa dosa

नेपाललाई स्कटल्याण्डले दियो १९४ रनको बलियो लक्ष्य

शुक्रबार, असार ६, २०८२

काठमाडौँ  :त्रिकोणात्मक टी–२० आई सिरिजको अन्तिम खेलमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितकालागि १९४ रनको  बलियो लक्ष्य दिएको छ ।

ग्लास्गोमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९३  रन बनायो । उसकालागि जर्ज मुन्सेले सर्वाधिक ७८ रनको योगदान गरे । ब्रान्डन म्याकुलमले ४२ तथा माईकल लीस्कले २६ रन जोडे ।

बलिङतर्फ कुशल भुर्तेलले २ विकेट लिए । रुपेश सिं,सन्दीप लामीछाने र ललित राजवंशीले एक विकेट लिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्