सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ग्लास्गो: कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा दोस्रो जित हात पार्दै नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको छ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १७५ रनको चुनौती नेपालले १९.४ ओभरमै ४ विकेट गुमाउँदै पुरा गर्यो। खेलको हिरो बनेका कुशल भुर्तेलले ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको योगदान दिए।
आरिफ शेखले ३९ रन बनाएर उत्कृष्ट साथ दिए भने, डेब्युट खेलिरहेका भीम सार्कीले पनि २७ रन बनाए। अन्त्यतिर दिपेन्द्रसिंह ऐरी (१६*) र लोकेश बम (१२*) नटआउट रहँदै टोलीलाई जितको लाइन पार गराए।
नेदरल्याण्ड्सको इनिङ्स टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। ओपनर माइकल लेभिटले ८६ रनको आक्रमक पारी खेले। अन्तिमतिर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रन बनाएर स्कोर उकासे।
नेपालका लागि करण केसीले २ विकेट लिए भने, ऐरी, सन्दीप, ललित र रुपेशले समान १-१ विकेट लिए।
अब नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ। यसअघि नेपालले स्कटल्याण्डलाई पराजित गरे पनि नेदरल्याण्ड्ससँग तीन सुपर ओभरपछि हार बेहोरेको थियो।