dosa dosa

डचटोलीले नेपाललाई दियो १७५ रनको लक्ष्य 

बिहीबार, असार ५, २०८२

काठमाडौँ :त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको लक्ष्य पेश गरेको छ ।

स्कटल्याण्डको ग्लास्कोमा टस हारेर पहिले ब्याटिङमा तानिएको डच टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । उसकालागि माईकल लेभिटले सर्वाधिक ८६ रनको योगदान गरे ।

रोएलफ भ्यान डेर मेर्वेले ३६ तथा आर्यन १७ दतले रन जोडे । साकिब जुल्फिकारको नाममा १४ रन रह्यो । 
बलिङतर्फ करण केसीले सर्वाधिक २ विकेट लिए । सन्दीप लामीछाने,दिपेन्द्र सिं ऐरी,रुपेश सिं र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

पहिलो ओभरको पाँचौ बलमै विकेट लिएर डच टोलीलाई दबाब दिएको नेपालले लय समाउन नसक्दा विपक्षीले धेरै रन बनाउन पुग्यो । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्