सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
कप्तान रोहित पौडेलले टस जितेपछि डच टोलीलाई ब्याटिङको निम्तो दिएका हुन्।
नेपाल र नेदरल्याण्ड्सबीचको अघिल्लो खेल रोमाञ्चक तेस्रो सुपर ओभरसम्म पुगेको थियो, जहाँ नेपाल पराजित भएको थियो। त्यो खेल नेपालको १००औं टी–२० अन्तर्राष्ट्रिय खेलसमेत थियो।
तर त्यसपछि नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध २ विकेटको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो। उक्त ‘लो स्कोरिङ’ खेल अन्तिम ओभरको पाँचौं बलसम्म पुगेको थियो।
शृंखलामा नेदरल्याण्ड्सले अहिलेसम्म दुई जित दर्ता गरिसकेको छ। स्कटल्याण्डसँग ३९ रनले पराजित भए पनि नेपाललाई हराएपछि, बुधबार स्कटल्याण्डमाथि पुनः जित हात पारेको थियो।
अब नेपालसँग नेदरल्याण्ड्ससँगको हारको बदला लिने मौका रहेको छ।