सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्बजनिक भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज जारी गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक इङ्ल्यान्ड र श्रीलंका भिड्ने भएका छन् । यी दुई टोलीबीचको खेल सन् २०२६ को जुन १२ मा हुनेछ । जुलाई ५ सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा अस्ट्रेलिया, साबिक उपविजेता दक्षिण अफ्रिका, भारत र पाकिस्तान तथा ग्लोबल क्वालिफायरबाट आएका दुई टोली रहनेछन् । यस्तै समूह ‘बी’ मा इङ्ल्यान्ड, साबिक विजेता न्युजिल्यान्ड, श्रीलंका, वेस्ट इन्डिजसहित क्वालिफायरबाट आएका दुई टोली हुनेछन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छ । सेमिफाइनल जुन ३० र जुलाई २ मा लन्डनस्थित ओभल मैदानतथा फाइनल जुलाई ५ मा लड्र्स मैदानमा हुनेछ ।