dosa dosa

नेपालका ६ जना खेलाडी बिग ब्यासको ड्राफ्टमा

बुधबार, असार ४, २०८२

काठमाडौँ :अष्ट्रेलियाको चर्चित टी–२० फ्रेन्चाइज लिग बिग ब्यास लिग (बीबीएल)को आगामी संस्करणको ड्राफ्टमा नेपालका ६ जना खेलाडीको नाम समावेश भएको छ — यो नेपाली क्रिकेटका लागि गौरवको क्षण हो।

सबैभन्दा चासोको विषय बनेका छन्, १६ वर्षीय युवा बलर विपिन शर्मा। उनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० खेलेर आफ्नो प्रतिभा देखाएका थिए। त्यसपछि यू–१९ राष्ट्रिय टिममा स्थान बनाएका विपिनले अफगानिस्तानविरुद्धको श्रृंखलामा ४ विकेट लिएर चर्चा कमाए। हालै सुर्खेतमा सम्पन्न यू–१६ राष्ट्रिय खेलकुदमा कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गरेका उनले बीबीएल ड्राफ्टमा स्थान बनाएर आश्चर्यचकित बनाएका छन्।

यही सूचीमा नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन्, जसले यसअघि दुई सिजन बीबीएल खेलेका थिए र अष्ट्रेलियन दर्शकलाई आफ्नो फिरन्तु बलिङले चकित पारेका थिए।

शेर मल्ल, अर्जुन साउद, देव खनाल र आरिफ शेख जस्ता अन्य होनहार नेपाली खेलाडीको पनि नाम ड्राफ्टमा परेको छ, जसले नेपाल क्रिकेटको भविष्य उज्यालो बनाउने सम्भावना बोकेका छन्।

यो वर्ष बीबीएल ड्राफ्टमा विश्वभरका ४४० खेलाडी समावेश छन्। आठवटा फ्रेन्चाइज टिमहरूले यिनैमध्येबाट खेलाडी छान्नेछन्। प्रतियोगिता डिसेम्बर २१ बाट अष्ट्रेलियाका विभिन्न सहरमा सुरु हुनेछ।

यो ड्राफ्टले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा झनै मजबुत बनाउने निश्चित छ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्