सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल पराजित भएको छ ।
सोमवारराती भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्संग तेस्रो सुपर ओभरमा पराजित भएको हो । जितकालागि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले १५२ रन बनाएपछि । खेल सुपर ओभरमा धकेलिएको थियो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो ।
दोस्रो सुपर ओभर पनि बराबर भएपछि खेल तेस्रो सुपर ओभरमा पुग्यो । तेस्रो सुपर ओभरमा नेपालले दुई विकेट गुमाउँदा एक रन पनि बनाउन सकेन । जितकालागि नेदरल्यान्ड्ले एक रनको लक्ष्य पाएको थियो । सन्दीप लामीछानेको पहिलो बलमै माइकल लेभिटले छक्का प्रहार गर्दै जित निकाले ।