सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्द टस जितेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्यान्ड्सले सुरुवाती ब्याटिङको निम्तो पाएको छ । हिजो भएको उद्धघाटन खेलमा स्कटल्यान्डसंग हारेको नेदरल्यान्ड्सलाई आजको खेल जित्नै पर्ने दबाब छ । त्यसैले आजको खेल नेपाल र नेदरल्याण्ड्स दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नेपालका लागि किरण ठगुन्ना र रुपेश सिंले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
नेदरल्यान्ड्ससंगको खेलबाट नेपालले आफ्नो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अन्तर्गत १०० औं खेल खेलिरहेको हो । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट आफ्नो पहिलो टी–२० खेलेको थियो ।
११ वर्षअघिको त्यो पहिलो जितसँगै सुरू भएको नेपालको टी–२० यात्रा आज १०० औं खेलमा प्रवेश गरेको हो । जुन नेपाली क्रिकेटकालागि एउटा सुनौलो यात्रा समेत हो ।