dosa dosa

पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

सोमबार, असार २, २०८२

काठमाडौँ :पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लबले संयुक्त रुपमा बाँडेका छन् ।

बर्षाका कारण फाइनल खेल पुरा खेलाउन नसकेपछि दुवै टोलीलाई संयुक्त विजेता घोषणा गरीएको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारे पहिले ब्याटिङमा तानिकएको पाँचपोखरीले १७.४ ओभरमा एक विकेटको क्षतिमा १३३ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

पाँचपोखरीकालागि सार्थक धितालले ६१ रनमा नटआउट थिए । ५२ बल खेलेका उनले ७ चौका हिर्काएका थिए । बुद्धि तामाङ ३३ रनमा अविजित रहँदा रोशन बिकले २४ रन बनाएका थिए । बलिङतर्फ रिञ्जिङ लामाले एक विकेट लिएका थिए ।

संयुक्त रूपमा विजेता घोषित भएपछि दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने तय रहेकामा अब  दुवै रकम जोडेर हुन आउने रकमको आधा अर्थात् ७५ हजार प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्